Breaking News.... EverestOnlineKhabar
June 28, 2026

राष्ट्रपति लक्षित विस्फोटपछि जिम्बाब्वे स्तब्ध

Loading

बीबीसी । जिम्बाव्वेमा राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गरी गराइएको एउटा विस्फोटले पूरै देशलाई स्तब्ध बनाएको छ। विस्फोटमा कुनै चोट नलागेका राष्ट्रपति मनाङगाग्वालाई त्यसलाई आफ्नो ज्यान लिने प्रयासका रूपमा चित्रण गरेका छन्। उनले सत्तारूढ जानुपीएफ पार्टी आवद्ध आफ्ना प्रतिद्वन्द्वीहरू उक्त हमलाका लागि जिम्वेवार भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।

बुलावायोमा चुनावी र्‍याली सकेर हिँडन लाग्दा गराइएको विस्फोटमा दुई मन्त्रीसहित कम्तीमा १० जना घाइते भएका छन्। देशको दोस्रो ठूलो शहर बुलावायोमा चुनावी र्‍यालीपछि मञ्चबाट उनी निस्किँदै गर्दा उक्त विस्फोट भएको थियो। ग्रिनेड जस्तो देखिने विस्फोटक पदार्थ सीधै उनको समूहतर्फ प्रहार गरिएको थियो।

विस्फोटन लगत्तै सञ्चारमाध्यमसँग बोल्दै राष्ट्रपति मनाङगाग्वाले आफूविरुद्ध विगतमा पनि हमलाहरू गरिएको भन्दै नझुक्ने प्रतिक्रिया दिए। उनले आक्रमणलाई कायरतापूर्ण कदम भन्दै त्यसबाट चुनाव नरोकिने बताएका छन्। विपक्षी पार्टीहरूले पनि उक्त विस्फोटनको निन्दा गरेका छन्।

सात महिनाअघि सेनाले सत्तापलट गरेपछि जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेको शासनकाल अन्त्य भएको थियो। चुनावको एक महिनाअघि अकस्मात् जिम्वाब्वेमा आकलन गर्न नसकिने राजनीतिक अवस्था देखिएको हो। अहिलेसम्म आक्रमण कसले गरायो भन्ने प्रस्ट भएको छैन। चुनावको एक महिनाअघि मनाङगाग्वा सबैभन्दा लोकप्रिय देखिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.