Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सम्भाव्यता अध्ययनपछि चीन-नेपाल रेलमार्ग निर्माणका लागि लगानीको टुङ्गो लाग्ने बताएका छन्। चीनको ६ दिने भ्रमण पूरा गरी  स्वदेश फर्केका ओलीले काठमाण्डूस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ‘परिपक्व ढङ्गले’ रेल्वेका कुरा अघि बढाइने बताए।

कतिपयले नेपाल-चीन रेलमार्ग निर्माण र त्यसको सञ्चालनलाई ‘धेरै महँगो र भौगोलिक हिसाबले कठिन योजना’का रूपमा व्याख्या गर्दै आएका छन्। उक्त पृष्ठभूमिमा त्यसका लगानीकर्ताबारेको जिज्ञासामा प्रधानमन्त्री ओलीले पैसा हुनेले नै लगानी गर्ने बताए।

स्रोत-साधन

उनले भने, “लगानी गर्ने को को निस्किन्छन्, त्यसअघि स्रोत-साधनले धान्ने कुरा र सम्भाव्यताको कुरा हुन्छ। त्यसबारे ढुक्क भइसकेपछि लगानीको कुरा आउँछ।”

तिब्बत हुँदै फरक भौगोलिक बनोट भएर नेपाल आउने भएकोले नेपाल-चीनबीच रेल्वे सञ्जाल, रेलमार्गको निर्माण र रेल सञ्चालनको सन्दर्भमा नयाँ प्रयोग र विकास हुने प्रधानमन्त्रीको भनाइ छ।

उनले थपे, “यस अर्थ यसमा धेरै हतार गर्नुभन्दा परिपक्व ढङ्गले काम गर्नुपर्ने हुन्छ। र, हामी परिपक्व ढङ्गले सर्वेक्षण, विस्तृत सर्वेक्षणको काम सकेर केही वर्षभित्रै रेल चलाउँछौँ।”

यद्यपि चीनबाट नेपालमा रेल आइपुग्ने समयावधिबारे प्रधानमन्त्री ओलीले केही स्पष्ट पारेनन्।

समझदारी

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा रेल पुर्‍याउने आफ्न लक्ष्य रहेको कुरा द्विपक्षीय वार्तामा पनि बताउनुका साथै समझदारीपत्रमा समेत त्यो उल्लेख भएको जिकिर गरे। एक सयभन्दा बढी सहभागी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत मंगलवार प्रधानमन्त्री ओली ६ दिने भ्रमणका लागि बेइजिङ गएका थिए।

भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछियाङ र तिब्बतका जनसरकार प्रमुख लगायतसँग भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री ओलीको बेडजिङ भ्रमणका क्रममा दुई देशबीच यातायात, ऊर्जा, सुरक्षा, शिक्षा लगायतका विषयमा विभिन्न समझदारी तथा सम्झौताहरू भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed