Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

एजेन्सी । दीपिका पाडुकोण र रणवीर सिंहको विवाहको मिति तय भएको छ ।  यही वर्षको नोभेम्बर १० मा दुई जना विवाह बन्धनमा बाँधिने छन् । यसअघि विवाह १९ नोभेम्बरमा हुने भनिएको थियो ।

यद्यपि, केही कारणले विवाह १० दिनअघि सारिएको छ । दुवै परिवार यो मितिका लागि राजी भइसकेका छन् । यसअघि, दुई जनाले जनवरीमा नै विवाह गरिसकेको समाचारहरु पनि बाहिर आएको थियो ।

दीपिका पाडुकोणको जन्मदिन ५ जनवरीका दिन उनीहरुको विवाहको मिति तय भएको थियो । त्यतिबेला दुवै परिवार मालदीभ्समा छुट्टी मनाउन पुगेका थिए । दुवै परिवारले विवाह तयारी धुमधामले शुरु गरिसकेका छन् ।

यसअघि रणवीर–दीपिकाले उदयपुरमा विवाह गर्ने बताइएको थियो  । तर, अहिले विवाह बैंगलुरु वा इटालीमा हुनेछ । त्यसपछि साथी तथा समकक्षीहरुलाई मुम्बईमा रिसेप्शन होस्ट गरिनेछ ।

दीपिका र रणवीरले आफ्ना कर्मचारीहरुको तीन महिना (अक्टुबर, नोभेम्बर र डिसेम्बर) को छुट्टी रद्द गरिसकेका छन् । यसले पनि उनीहरुको विवाह चाँडै हुने संकेत गर्छ ।

यति मात्र होइन, विवाहकै कारण रणवीर अभिति  रोहित शेट्टीको निर्देशनमा बनिरहेको चलचित्र सिम्बाको शुटिङ पनि चाँडै सक्ने प्रयास भइरहेको छ । रोहितले यसबारे जानकारी दिइसकेका छन् ।

यता, रणवीरले पनि कुनै नयाँ प्रोजेक्टमा हस्ताक्षर गरेका छैनन् । उता, दीपिकाले पनि पद्मावतपछि कुनै चलचित्र साइन गरेकी छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.