Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

बीबीसी ।इथियोपियामा देशका प्रधानमन्त्रीले सम्बोधन गरिरहेको एक र्‍यालीमा विस्फोट भएको छ। धेरै मानिसहरूको ज्यान गएको ठानिएको छ ।

राजधानी अदिस अबाबाको मुख्य चोकमा आयोजित कार्यक्रममा हजारौं मानिस सहभागी भएका थिए। प्रधानमन्त्री आबी अहमदलाई उनको भाषणलगत्तै सुरक्षित तवरले अन्यत्र लगिएको थियो।

प्रधानमन्त्रीका रुपमा पद सम्हालेको दुई महिनामा उनले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेका छन्। मानवअधिकार उल्लंघन भन्दै उनले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गरेका थिए। पछिल्लो घटनालाई अहमदले ‘इथियोपियालाई एकतावद्ध देख्न नचाहने शक्तिहरूले गरेको असफल प्रयास’का रुपमा चित्रण गरेका छन्।

गत फेब्रुअरीमा आफ्ना पूर्ववर्तीले अनेपक्षित ढङ्गले राजीनामा दिएपछि अहमद प्रधानमन्त्री बनेका थिए। अहमद देशको जातीय समूह ओरोमोबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन्। कैयौंको ज्यान जाने गरी करिब तीन वर्ष भएका सरकारविरोधी प्रदर्शनको केन्द्रमा उनी थिए।

आफूहरू ठूलो जातीय समूह भइकन पनि राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा सीमान्तकृत बनेको गुनासो उनीहरूको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed