![]()
काठमाडौँ। वैदेशिक रोजगारका लागि कुवेत जान लागेका ५ नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको छ।
कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
‘वैभव’ नामक म्यानपावर कम्पनीले उनीहरुलाई ‘रिसेप्सनिस्ट’मा पठाउन खोजे पनि प्रवेशाज्ञामा भने ‘क्लिनर्स’का लागि श्रम स्वीकृति दिइएको छ। उनीहरुलाई बिहान ८ः३० बजे विमानस्थलबाट फिर्ता पठाइएको थियो।


