Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । दक्षिण कोरिया र उत्तर कोरियाले छुट्टिएर बस्न बाध्य भएका कोरियालीहरूलाई पुनः गराउन दुबै देशका अधिकारी तयार भएका छन्। दुई कोरियाले आगामी अगस्टमा उनीहरूबीचमा पुनर्मिलन गराउने सहमति  गरेका हुन्।

कोरिया युद्धपछि छुट्टिएका आफन्तहरूको पुनः मिलनका लागि गत सन् २०१५ देखि नै विभिन्न प्रयास हुदै आएको थियो। सन् १९५० देखि १९५३ सम्म भएको दुई कोरियाको युद्धपछि लाखौं कोरियालीका आफन्तहरु छुट्टा छुट्टै बस्न बाध्य भएका थिए। उनीहरुलाई आवत जावत गर्नदेखि कुनै सञ्चार सम्पर्क गर्न समेत दिइएको थिएन।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच गत अप्रिलमा भएको शिखर वार्तापछि पुनर्मिलनको वातावरण बन्न थालेको हो।

औपचारिक समझदारी भने दुई कोरियाका उच्च अधिकारीकाबीचमा शुक्रबार उत्तर कोरियाको माउन्ट कुमगाङ रिसोर्टमा आयोजित बैठकमा भएको हो। दक्षिण कोरियाको एकता मन्त्रालयले आउदो अगस्टको २० देखि २६ तारिखसम्म दुवै तर्फबाट पुनर्मिलन गराउनेहरूको छनौट गरिने जनाएको छ।

दक्षिण कोरियाको रेडक्रस कार्यालयले ५७ हजार जनालाई पुनर्मिलन गराउन आवश्यक रहेको जनाएको छ। उनीहरूमध्ये अधिकांश ७० बर्षभन्दा बढी उमेरका रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.