Breaking News.... EverestOnlineKhabar
June 28, 2026

युद्धविराम सकिएलगत्तै अफगानिस्तानमा हिंसात्मक घटना जारी

Loading

कावुल,असार ।
अफगानिस्तानमा युद्धविराम सकिएलगत्तै हिंसात्मक घटना बढ्दै गएका छन् । अफगानिस्तानका उत्तरी र पश्चिमी प्रान्तमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी २४ घण्टायता ५९ सुरक्षा अधिकारी र १६ आतङ्ककारी मारिएका छन् । बिहीबार उत्तरी प्रान्त फर्याबको एक जिल्लामा रहेको सुरक्षाचौकीमा तालिबान आतङ्ककारी समूहले आक्रमणमा गरी कम्तीमा १६ सुरक्षाकर्मीको हत्या गरेका छन् । उक्त प्रान्तको प्रान्तीय परिषद्का उपप्रमुख सिब्घातुल्लाह सिलाबले सो आक्रमणको पुष्टि गरेका छन् ।
त्यसैगरी अफगानिस्तानको पश्चिमी भागमा पर्ने दुइ प्रान्तमा रहेका सुरक्षा चौकीमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी ४५ सुरक्षा अधिकारी र १६ आतङ्ककारी मारिएका छन् । बाद्घिस प्रान्तको बाल मुर्घाब जिल्लामा पनि सैनिक पोष्टमा आतङ्ककारी आक्रमण भएको थियो । त्यहाँ कम्तीमा ३० अफगान सैनिक मारिएका छन् ।
सरकारी अधिकारीका अनुसार यस आक्रमणको क्रममा सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो झडपमा परी १६ तालिबान आतङ्ककारी मारिनुको साथै अन्य १५ जना घाइते भएका छन् । त्यसैगरी फराह प्रान्तमा भएको यस्तै आतङ्ककारी आक्रमणमा परी १५ सुरक्षा अधिकारी मारिएका छन् । यसप्रकार सरकारको तर्फबाट लम्ब्याइएको युद्धविराम समाप्त हुन नपाउँदै सुरक्षा अधिकारीमाथि नै तालिबानले भीषण आक्रमण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.