![]()
एजेन्सी,असार ।
भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेशमा ट्याक्टर र जिप एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको बताईएको छ । मध्य प्रदेशको राजधानी भोपालदेखि ४५० किलोमिटर टाढा पर्ने गन्ज रामपुर भन्ने ठाउँमा दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनामा परेको जिप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य तीन जनालाई उपचारका लागि अस्पताल लगिएपछि मृत्यु भएको घोषणा गरिएको अस्पतालका अधिकारीहरूले जनाएका छन् ।


