![]()
एजेन्सी,असार ।
ब्राजिलका स्टार खेलाडी नेयमारले ओपनिङ गेममा स्विट्जरल्यान्डविरुद्ध १–१ को बराबरीपछि सोमबारको ट्रेनिङमा भाग नलिएको बताइएको छ । पहिले पनि बायाँ खुट्टाको शल्यक्रिया गराइसकेका नेयमारमाथि शनिबारको खेलमा स्विट्जरल्यान्डका खेलाडीले १० पटकसम्म फल गरेपछि उनको खुट्टामा फेरि चोट लागेको बताइएको हो ।
त्यसैकारण उनले सोमबार ट्रेनिङ गर्नुको साटो चिकित्सक कहाँ थेरापी गराएका हुन् । उनी आफैँले समेत इन्स्टाग्राममा चोट लागेको खुट्टाको तस्बिर राखेर‘कडा मिहिनेत गर्नुपर्छ’ भन्ने लेखेका छन् । २६ वर्षीय विश्वका सर्वाधिक महङ्गा खेलाडी नेयमारविरुद्ध सन् १९९८ को विश्वकपपछि सबैभन्दा धेरै‘फल’ भएको हो ।फेब्रुअरीपछि शनिबार आफ्नो पहिलो प्रतिस्पर्धात्मक खेलमा सहभागी भएका नेमारले यसअघि पनि खुट्टामा समस्या भएकै कारण पिएसजीको अन्तिम गेममा सहभागी हुन पाएका थिएनन् ।
यस विषयमा उनले संचारकर्मीहरुसँग भनेः‘मैले गर्ने भनेको फुटबल खेल्ने मात्र हो । बाँकी खेल त रेफ्रीले नै हेर्नुपर्छ । तरपनि फउल हुनु स्वभाविक हो र मलाई थाहा छ आगामी खेलमा पनि यस्तै हुनेछ । फुटबलमा यो सामान्य कुरा हो । तरपनि यसप्रति ध्यान दिनुपर्छ ।’


