Breaking News.... EverestOnlineKhabar
October 3, 2026

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति भेट्दै.यस्तो छ आजको कार्यतालिका

Loading

बेइजिङ,असार ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछन् । उनले आज राष्ट्रपति सि जिन फिङसँग भेटवार्ता गर्दैछन् । समकक्षी ली खछ्याङसँग भने बिहीबार प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता हुनेछ । ओलीको बुधबारको दिनचर्या भने बिहान बेइजिङस्थित नेपाली दूतावासमा नेपाली प्रतिनिधिहरुसँग भेटवार्ता गरेर सुरु हुने छ । त्यसलगत्तै चीन–नेपाल व्यापारिक फोरममा सहभागीता जनाउने कार्यक्रम छ । त्यसपछि ओली टियनमिन स्क्वायरको अवलोकनमा जानेछन् ।
चीन भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार चीनका एक क्षेत्र एक मार्ग (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।
१२० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली मंगलबार बेइजिङ पुगेका थिए । उनले मंगलबार साँझ नेपाली दूतावासले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed