Breaking News.... EverestOnlineKhabar
October 2, 2026

खानेपानी संस्थानमा चरम भ्रष्टाचारःमन्त्रालयले थाल्यो छानबिन

Loading

काठमाडौ,असार ।
नेपाल खानेपानी संस्थानमा पाइप खरिद प्रक्रियामा २५ करोड घोटाला भएको उजुरी परेपछि मन्त्रालयले छानबिन सुरु गरेको छ । मन्त्रालयले कानुन उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा मन्त्रालयका इन्जिनियरद्वय दिनेश अधिकारी र शेखर खनाल, लेखा अधिकृत राजेन्द्र प्रसाद घिमिरे र नेपाल खानेपानी संस्थानका विष्णु सुब्बा सदस्य रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छानबिन समिति संयोजक गुणराज श्रेष्ठले जानकारी दिए ।
खानेपानी संस्थान श्रोतले भन्योः‘अख्तियारले समेत छानबिनका लागि निर्देशन दिएको र मन्त्रालयमा संस्थानका बारेमा नियमितजसो गुनासो आउन थालेपछि छानबिन गरेर हेरौं भनेर प्रक्रिया सुरु गरिएको हो ।’
खानेपानी संस्थानका लागि पाइप खरिद गर्दा महानिर्देशक भुपेन्द्र प्रसादले २५ करोड घोटाला गरेको उजुरी अख्तियार र खानेपानी मन्त्रालयमा परेको छ । भुपेन्द्र प्रसाद देउवा सरकारको पालामा संस्थानको शाखा प्रमुखबाट महानिर्देशक बनेका थिए ।
पाइप खरिद गर्दा किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने क्राइटेरिया बनाई २५–२५ करोड रुपैयाँको टेण्डर पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो । दुवै टेण्डरलाई नियतवस १०–१० दिनको फरकमा निकालिएको र सार्वजनिक खरिद ऐनअन्तर्गत ग्लोबल टेण्डर नगरी उल्लिखित दुवै फर्मलाई उक्त टेण्डर दिइएको आरोप उजुरीमा लगाइएको छ ।
टेण्डरमा दुवै फर्मलाई ५० करोडको पाइप खरिद गर्न भनिए पनि नेपालगञ्ज भन्सार नाकाबाट १२ करोड र भैरहवा सुनौली भन्सार नाकाबाट १३ करोडको पाइप मात्रै भन्सार पास भएकाले २५ करोड घोटाला भएको आशंका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed