Breaking News.... EverestOnlineKhabar
June 4, 2026

नेबिसंघ उपाध्यक्ष शाहीको चेतावनी –‘ समयमा चेत नखुले, ओली सरकार सडकबाटै ढालिन्छ ’

Loading

काठमाडौं । नेपाल बिद्यार्थी संघले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबार देशका बिभिन्न स्थानमा सडक बहस गरेको छ । पेट्रोलिय पदार्थमा गरिएको मूल्यबृद्धि, सरकारका ज्यादती, नीजि बिद्यालयको मनोमानी लगायत सरकारको अधिनायकवादी शैलीको बिरोधमा नेबिसंघले सडक बहस गरेको हो ।

काठमाडौंमा नेपाल आयल निगमको सामुन्ने उपाध्यक्ष पुष्प शाहीको नेतृत्वमा भएको सडक बहसमा संघका नेता कार्यकर्ताकासाथै सर्वसाधारण, ब्यापारी र मजदूरहरु सहभागी थिए । बहसमा सर्वसाधारणको उत्साहजनक सहभागिताले आफूहरुको हौसला बढेको उपाध्यक्ष शाहीले बताए । बहस प्रारम्भ गर्नुअघि संघले जुलुस निकालेको थियो ।

बहस कार्यक्रमलाई सम्बोधन गदै उपाध्यक्ष शाहीले भने, ‘ सरकारले झाराटार्ने हिसाबले केही दिन अघि इन्धनको मूल्य घटाएको नाटक गरेको छ । महिनामा तीन पटक मूल्य बढाउने, घटाउनेबेला २/३ रुपैयाँ घटाउने । यो सबै नाटक हो । हाम्रो आन्दोलनको अवमूल्यन हो । जबसम्म पूर्ववत मूल्य कायम हुँदैन, हाम्रो आन्दोलन रोकिदैन । ’

सडक बहस कार्यक्रममा सहभागी सर्वसाधारणले जनताको नाममा राजनीति गर्नेहरुले जनताको नै ढाड सेकेको गुनासो गरेका थिए ।
दोस्रो चरणको आन्दोलन अन्तर्गत संघले असार ८ गते नेपाल आयल निगमका कार्यालयहरु घेराउ गर्ने, असार १० गते प्रदेश मुकामहरुमा विरोध सभा र मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने, असार १२ गते मध्यान्ह १२ बजे ५ मिनेट देशैभरी आ–आफ्ना सवारी साधनहरुको हर्न बजाई सरकारको चेत खुलाउने कार्यक्रम तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed