Breaking News.... EverestOnlineKhabar
August 19, 2026

कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला हेटौंडामा, शीर्ष नेताहरुको गोप्य भेटघाट

Loading

हेटौंडा। नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला हेटौंडामा सुरु भएको छ। तीन दिन चल्ने भेला हेटौंडाको पल्पसा क्याफेमा बैठक सुरु भएको हो ।

जिल्ला सभापितहरुको राष्ट्रिय भेलाको सभापति शेरबहादुर देउवाले उद्घाटन गरे।  उद्घाटन सत्रमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले कांग्रेसलाई एकढिक्का बनाएर अघि लैजानुपर्ने बताएपनि आपसी तिक्तता र तुष पनि बाँकी राखेनन ।

भेलाको दोस्रो दिन जिल्ला सभापतिहरूले आफ्ना धारणा राख्नेछन् भने समापनको दिन ७ प्रदेशका ७ समूहबाट आएका सुझाव एकत्रित गरिने बताइएको छ।

कांग्रेसमा जिल्ला सभापतिहरुको भेलालाई  मिनी महासमितिका रूपमा लिने गरिएको छ। केन्द्रीय सदस्यहरूले जिल्ला सभापतिहरुको धारणा सुन्न पाउनेछन् तर उनीहरूले भेलामा बोल्न भने पाउने छैनन्।

मूलतः विधान संशोधनका लागि बोलाइएको भेलामा जिल्ला सभापतिहरूले पार्टीको पराजय, गुट, उपगुट, टिकट वितरण, विधान विपरीतका कार्य, प्रतिपक्ष दलको कमजोर भूमिका र सरकारका गलत कदमका विषयमा धारणा राख्ने भएका छन्।

पार्टीका शीर्ष नेताहरुले बिभिन्न जिल्लाका सभापतिहरुसंग गोप्य भेटघाट पनि गरेका छन । गोप्य भेट गर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, कृष्ण सिटौला, बिमलेन्द्र निधि लगायत छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.