![]()
एजेन्सी । बिश्वकप फुटबल अन्तर्गत पोल्याण्ड र सेनेगलबीचको खेल पनि हेर्न लायक हुनेछ । पोल्याण्डका रोबर्ट लेबाण्डोस्की र सेनेगलका साडियो माने हेर्न लायक खेलाडी हुनेछन ।
रोबर्ट लेवानडोस्की, पोल्याण्ड
२९ वर्षिय रोबर्ट लेवानडोस्की पोल्यान्ड फुटबल टोलीका कप्तान हुन्। पोल्यान्डका लागी ९५ खेलमा उनले ५५ गोल गरेका छन्। २०१८ मा मात्रै ४ खेलमा उनले ४ गोल गरेका छन्। लेवानडोस्की पोल्यान्डका सर्वाधिक गोलकर्ताका हुन। उनले सिया विश्वकप छनौटमा सर्वाधिक १६ गोल गर्ने गरेका थिए। हाल वायर्न म्युनिखबाट फुटबल खेल्दै आएका लेवानडोस्कीले स्ट्राइकरका रुपमा विभन्न क्लबमा रही ३३२ गोल गरिसकेका छन्। लेवानडोस्की २०१६-२०१७ बुन्डेसलिगाका वर्ष खेलाडी घोषित भएका थिए।
साडियो माने, सेनेगल
२६ वर्षिय सडियो माने सेनेगल फुटबल टोलीका स्टार खेलाडी हुन्। फरवार्डका रुपमा उनले सेनेगलका लागी ५२ खेलमा १४ गोल गरेका छन्। माने लिभरपुलबाट विङ्गरका रुपमा खेल्छन्। टोलीमा राम्रो प्रदर्शनका कारणले मात्र होइन उनले मैदान बाहिर गरेको समाजसेवाबाट पनि माने धेरैका लागी प्रेरणा बनेका छन्। २०१२ मा सेनेगल फुटबल टोलीमा डेब्यु गरेका मानेले २०१२ ओलम्पिक, २०१५ र २०१७ को अफ्रिकन कप अफ नेसनेसमा राम्रो प्रदर्शन गरेका थिए। साउथह्याम्पटन, लिभरपुल लगायतका कल्बबाट खेलेर उनले १०५ गोल गरेका छन्। सडियो माने २०१६-१७ मा लिभरपुल वर्ष खेलाडी घोषित भएका थिए।


