![]()
सल्यान । सल्यानमा छोरी बलात्कार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कालीमाटी गाउँपालिका–५ निवासी ३३ वर्षीय एक जना पुरुषले आफनै ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जेठ २० गते राती आफ्नै घरमा बलात्कार गरेको भन्दै बालिकाको मामाले आइतबार जिल्ला प्रहरी कार्यालय सल्यानमा मुद्दा दायर गरेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा गरिएको थियो ।
आरोपितलाई हिरासतमा राखि घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


