Breaking News.... EverestOnlineKhabar
August 19, 2026

Loading

एजेन्सी ।  रुस र इजिप्टबीचको खेलमा इजिप्टका मोहम्मम सलाह र रुसका फेडरर स्मलोभ हेर्न लायक खेलाडी हुनेछन ।

मोहम्मद सालाह, इजिप्ट

२५ वर्षिय मोहम्मद सालाहले इजिप्टबाट ५६ खेलमा ३५ गोल गरेका छन्। लिभरपुलबाट व्यावसायीक फुटबल खेल्ने सालाह इजिप्ट फुटबल टोलीका सर्वाधिक गोलकर्ता हुन्। चेल्सी, रोमा, लिभरपुल लगायतका क्लबबाट खेलेर सालाहले १२१ गोल गरेका छन्। सालाहलार्इ युरोपको वेस्ट खेलाडीलार्इ प्रदान गरिने ओन्जे डीअर्जेन्ट उपाधीबाटपनि सम्मानित गरिएको थियो। प्रिमियर लिग सिजन २०१७-१८ का ३८ खेलमा उनले ३२ गोलगरी सर्वाधिक गोलकर्ता बनेका थिए। कुनै अफ्रिकी खेलाडीले प्रिमियर लिग सिजनमा सर्वाधिक गर्ने किर्तिमान पनि उनकै नाममा रहेको छ।

उरुग्वेसँगको पहिलो खेलमा पराजित हुँदा सालाह चोटका कारण मैदान बाहिर थिए। रसियासँगको खेलका लागी भने  उनी तयार रहेको इजिप्टका प्रशिक्षक हेक्टर कुपरले बताएका छन्।

फेडर स्मोलोभ, रसिया

२८ वर्षिय फेडर स्मोलोभ रसियन फुटबल टोलीमा प्रमुख गोलकर्ता हुन्। फुटबलका लागी भन्दा स्मोलभलार्इ केही वर्षअघि मोडेल भिक्टोरिया लोपिइभासँगको सम्बन्धका लागी हाँसोको पात्र बनाएका हेडलाइन बनाइन्थयो। भिक्टोरियासँग सम्बन्ध अन्त्य भएपछि उनको खेलमा निकै सुधार आएकोछ। एफसी क्रासनोडरबाट स्ट्राइकरका रुपमा खेल्ने स्मोलभले रसियन टोलीका लागी ३३ खेलमा १२ गोल गरेका छन्।

रसियन प्रमियर लिगमा विभिन्न क्लबमा आबद्ध भर्इ उनले ७९ गोल गरेका छन्। २०१५-१६, २०१६-१७ मा उनी रसियन प्रमियर लिगका सर्वाधिक गोलकर्ता बनेका थिए। स्मोलभलार्इ २०१५-१६ को रसियन बर्ष फुटबलरको उपाधीबाट सम्मानित गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.