Breaking News.... EverestOnlineKhabar
August 19, 2026

Loading

काठमाडौ,असार ।
प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि आज बिहान चीन प्रस्थान गरेका छन् । चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
१२० सदस्सीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली चीन भ्रमणमा गएका हुन् । मित्व्ययिताको रटान लगाउन नबिर्सिने प्रधानमन्त्री जम्बो टोली लिएर चीन भ्रमणमा गएपछि चौतर्फी आलोचना भईरहेको छ । भ्रमणमा प्रधानमन्त्री ओलीले आसेपासेको चित्त बुझाउनको लागि असम्बन्धित व्यक्तिलाई पनि भ्रमण टोलीमा समावेश गरेका छन् । ओलीको गुणगान गाउने आफुलाई मुलधारको मिडिया भन्न रुचाउने ठुला मिडीयाका सम्पादकहरु पनि भ्रमण टोलीमा सहभागि छन् ।
चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले हिजो संघीय संसदका दुवै सदनलाई चीन भ्रमण बारे जानकारी दिएका थिए । प्रधानमन्त्री ओली १० गते स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.