Breaking News.... EverestOnlineKhabar
August 19, 2026

२५ वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक काठमाडौं बाहिर…

Loading

काठमाडौ,असार ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक २५ वर्षपछि काठमाडौ बाहिर बसेको छ । हेटौंडामा आजदेखि हुने जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा सोमबार बसेको केन्द्रीय समिति बैठकमा भेलाको तयारी र उठाइने विषयबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनले भनेः‘२५ वर्षपछि काठमाडौं बाहिर बसेको केन्द्रीय समितिको बैठक सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ।’
उनले राष्ट्रिय भेला स्थानीय संयोजन समितिका संयोजक एवं मकवानपुरका सभापति इन्द्र बानियाँले भेलाको तयारी, भोलि हुने उद्घाटन कार्यक्रम बारे जानकारी गराएका बताए। ‘राष्ट्रिय भेलामा ७ प्रदेशको अलग–अलग छलफल र अरु विषयमा उहाँले जानकारी गराउनु भयो।’ शर्माले भने ।
यसैगरी, बैठकमा पार्टी महामन्त्री शशांक कोइरालाले भेलामा छलफल गर्न भनी देशभरि पठाएको सर्कुलरबारे जानकारी गराएको प्रवक्ता शर्माले जनाए। महामन्त्री कोइरालाले समसामयिक सन्दर्भमा कांग्रेसले लिनुपर्ने, राजनीतिक, सामाजिक र आर्थिक मुद्दा कस्तो हुनुपर्नेस बदलिएको चुनौतीलाई सामना गर्न सक्नेगरी कांग्रेस पार्टी संगठनको सुदृढीकरण र नयाँ संरचना अनुसार कांग्रेसको विधान कस्तो बन्नुपर्छ भन्ने विषयमा देशव्यापी रुपमा छलफलका लागि सर्कुलेसन पठाएका थिए। कोइरालाले ती विषयबारे बैठकलाई जानकारी गराएको शर्माले जनाए।
यसैगरी, कांग्रेस केन्द्रीय समिति बैठकले डा उपेन्द्र देवकोटाको निधनप्रति श्रद्धाञ्जली दिँदै शोक प्रस्ताव पारित गरेको छ।
पार्टी जिल्ला कार्यालय मकवानपुरमा ४ बजे बस्ने भनिएको बैठक सभापित शेरबहादुर देउवा आउन ढिलाइ हुँदा साँझ ६ बजेपछि मात्र बैठक बसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.