Breaking News.... EverestOnlineKhabar
August 19, 2026

पाइन्ट लगाउने अधिकार पाएपछि रोहिङ्गा समुदाय खुसी

Loading

एजेन्सी,असार ।
रोहिङ्गा मुसलमानहरुलाई म्यानमार हुँदा परम्परागत सारोङ र पाइन्ट लगायतका पूरा लुगा लगाउन निषेध गरिएको थियो । उनीहरुले सधैँ अनौपचारिक कपडा मात्र लगाउन पाउँथे जसले उनीहरुलाई तल्लो जातिका रुपमा पहिचान गराउने गरेको उनीहरु बताउँछन् । कानुनी रुपमा यसरी फुल ट्राउजर लगाउनमाथि कुनै प्रतिबन्ध नभएपनि स्थानीय सुरक्षाकर्मीहरुले उनीहरुलाई पाइन्ट नलगाउन चेतावनी दिने गरेका थिए ।
गतवर्ष म्यानमारका सेनाले क्रुरतापूर्वक राखिनेका यस मुसलमान जातिमाथि आक्रमण गरेपछि ७ लाख शरणार्थीहरु आफ्नो ज्यान बचाउँदै बांग्लादेश भागेका थिए । त्यसकारण अहिले बसिरहेको शरणार्थी शिविरमा भने आफ्नो इच्छा अनुसारको लुगा लगाउन पाएको उनीहरुले बताएका हुन् । यसप्रति खुसी व्यक्त गर्दै त्यहीँका २८ वर्षीय अब्दुल अजिजले भनेः‘अहिले म लोकतन्त्रमा बाँचिरहेको छु र लोकतन्त्रमा सबैले पाइन्ट लगाउँछन् ।’ यसअघि म्यानमार बस्दा आफूले कहिल्यै पाइन्ट नलगाएको उनले बताए ।
यसैबीच शनिबार त्यहाँका मानिसहरुले उत्साहपूर्वक मुसल्मानहरुको महान् चाड इद मनाएका हुन् जस क्रममा उनीहरुले नयाँ कपडा किन्ने गरेका छन् । सधैँ अपहेलनामा बाँच्न बाध्य यस जातिले यो एक मात्र दिन चिन्तामुक्त भएर खुसीसाथ आफ्नो पर्व मनाएको हो । यसै हार्षित वातावरणमा अब्दुल लगायत अन्य थुप्रै रोहिङ्गा पुरुषहरुले लुङ्गी छाडेर पहिलोपटक जिन्सको पाइन्ट र लामो सेतो सर्ट लगाएका हुन् । उनीहरुले आफ्नो दुई दिनको कमाई वापद् गत हप्ता मात्र बजार गएर यसरी पहिलोपटक प्यान्ट किनेको बताए । अहिले उनीहरु बसिरहेको शिविरमा गैरसरकारी संस्थाहरुले उनीहरुलाई रोजगारी दिइरहेको छ भने डोनेट गरिएका कपडाबाट पनि उनीहरुले यस्ता लुगा प्राप्त गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.