Breaking News.... EverestOnlineKhabar
August 18, 2026

जापानमा ६.३ रेक्टर स्केलको भूकम्प, तीनको मृत्यु, जनजीवन अस्तव्यस्त

Loading

बीबीसी । जापानको ‌ओसाका शहरमा भूकम्पका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने केही मानिसहरू घाइते भएका छन्। ज्यान गुमाउने मध्येकी एक नौ वर्षकी बालिकालाई पर्खालले किचेको थियो।

भूकम्पले बिहानीपखको व्यस्त समयमा यातायात प्रणालीलाई अवरुद्ध बनाएको थियो भने दशौं हजार मानिसहरूलाई विद्युतको पहुँचबाट वञ्चित गरेको थियो। रेल सेवाहरू ठप्प भएपछि दशौँ हजार मानिसहरू अलपत्र परेका थिए।

जापानी सञ्चारमाध्यमहरूका अनुसार ओसाका महानगरको उत्तरी भागमा केन्द्रबिन्दु रहेको त्यो भूकम्प ६ दशमलव ३ म्याग्निच्युडको थियो। भूकम्पका कारण घरहरू भत्किएका र खानेपानीको प्रणालीमा पनि क्षति भएका खबर छन्।

जापान

तर जापानको कडा भवन निर्माण मापपदण्ड पालना गरेर ठूला भवनहरू बनाइएकोले धेरै ठूलो क्षति हुन पाएन। बिहान ७ बजेट ५८ मिनेटमा गएको भूकम्पमा ज्यान गुमाउनेमा एक जना ८० वर्षका वृद्ध पनि छन्।

ओसाकाबाट आएका तस्बिरहरूमा ट्राफिक लाइट र सडक चिह्नहरूमा क्षति पुगेको र फुटेका पाइपहरूबाट पानीको फोहरा बाहिर बगिरहेको देखिन्छ।

जापान

सन् १९९५ मा दक्षिणी जापानको कोबे नगरमामा ७ दशमलब ३ म्याग्निच्युडको भूकम्पले ६ हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो। त्यसयता जापानले भूकम्प सम्बन्धी आफ्ना नियमहरूमा कडाइ गरेको छ; पुराना विद्यालय भवन, सडक र अरू सार्वजनिक संरचनालाई थप बलियो बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.