![]()
काठमाडौं । सरकारले असार महिना सकिएपछि विकेट ग्रामीण क्षेत्रबाहेकका शहरी तथा सुगम ग्रामीण क्षेत्रहरुमा एनालग केबल टेलिभिजन बन्द गर्ने भएको छ । टेलिभिजन सेवालाई डिजिटलमा रुपान्तरण गर्न सरकारले अहिले सेवा प्रदायकलाई अनुमति दिन थालेपछि एनालग टीभी बन्द हुन लागेका हुन ।
फाइबर पुगेका सुगम क्षेत्रमा अब पूर्ण रुपमा केबल निषेध गरिनेछ । यसका लागि उपत्यकाबाहिरका केबल टेलिभिजन बन्द गराउन टोली परिचालन गर्ने तयारी संचार मन्त्रालयले गरेको छ । योसंगै सेट टप बक्स नजोडिएका टेलिभिजन बन्द हुने निश्चत छ ।
यसअघि काठमाडौंमा दिइएको समयसीमा नाघेपछि एनगल केबल टेलिभिजनको लाइन काटिएको थियो । एमएसएओ र डिजिटल केबल यसअघिको एनागल केबलको आधुनिक प्रविधि हो । यो प्रविधिमा नै धेरैले अहिले आफ्नो टेलिभिजनको डिजिटाइजेसन गर्दैछन् । अहिलेसम्म मन्त्रालयले ११ वटा केबल टेलिभिजनले मल्टी सर्भिस अपरेटर (एमएसओ)को लाइसेन्स पाएका छन् ।
अहिलेसम्म्म काठमाडौं र काठमाडौंबहारिका बरि ६० भन्दा बढी केबल टेलिभिजनहरुले आफूले एमएसओसँग मिलेर डिजिटलमा रुपान्तरण भएको जानकारी मन्त्रालयमा दिएका छन् । उपभोक्ताले एमएसओसँग फ्रेन्चाइजी गरेका केवल अपरेटरसंग सेवा लिन सक्छन् ।
ग्राहकले आफूले प्रयोग गरिरहेका केबल टेलिभिजन कम्पनीसँग सेट टप बक्स लिएर यो सेवा प्रयोग गर्न सक्छन् । एमएसओहरुले पनि आफ्नो फाइबर पुगेका ठाउँमा आफूसँग जोडिएका केबल कम्पनीसँग मिलेर डिजिटल टेलिभिजन सेवा दिइरहेका छन् ।


