Breaking News.... EverestOnlineKhabar
June 4, 2026

गोलाप्रथाबाट राष्ट्रियसभा सदस्यहरुको कार्यकालको टुंगो (सूचीसहित)

Loading

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरुको कार्यकाल गोला प्रथाबाट टुंगो लगाइएको छ ।  संवैधानिक व्यवस्थाअनुसार सांसदहरुले आफ्नो कार्यकाल आफैंले गोला छनोट गरेर तय गरेका छन् । वर्णानुक्रम अनुसार चिठ्ठा तान्न लगाइएको थियो । जुन सदस्यले जति अंक लेखिएको चिठ्ठा तान्छ, उसको कार्यकाल त्यति नै वर्ष हुने व्यवस्था मिलाइएको थियो ।

गोला प्रथा गर्दा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको पदावधि ६ वर्ष कायम भएको छ भने उपाध्यक्ष शशिकला दाहालको पदावधि ४ वर्ष कायम भएको छ ।

त्यसैगरी गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’को कार्यकाल ६ वर्ष र अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल २ वर्ष तय भएको छ ।

राष्ट्रियसभामा ने क पा संसदीय दलका नेता दीनानाथ शर्माको चार वर्ष, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डेको २ वर्ष र प्रमुख सचेतक सरिता प्रसाईंको पनि २ वर्ष कायम भएको छ ।

राष्ट्रियसभाका १९ सदस्यको पदावधि २ वर्ष कायम भएको छ भने २० जनाको ४ वर्ष र बाँकी २० जनाको ६ वर्ष कायम भएको छ । ५ नम्बर प्रदेशबाट सांसद भएकी कोमल वलीको कार्यकाल चार वर्ष तय भएको छ ।

बिस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहोस

राष्ट्रियसभा_सदस्य_कार्यकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed