![]()
एजेन्सी,असार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता उत्तर कोरियाली अध्यक्ष किमसँगको ऐतिहासिक बैठकको पर्याप्त प्रशंसा नभएको गुनासो गरेका छन् । त्यस दिन उत्तर कोरियासँग गरिएको सम्झौताले करोडौँ मानिसलाई संभावित आणविक युद्धबाट बचाएको भएपनि यसबारेमा ज्यादै कम चर्चा भएको उनको भनाइ छ ।
कंग्रेस रिपब्लिकनबाट कम समर्थन पाएकामा पहिले नै निराश राष्ट्रपति ट्रम्प डेमोक्रेटिकको लगातार आलोचना र सहयोगी तथा मिडियाको समेत मध्यम प्रतिक्रियाका कारण झन असन्तुष्ट भएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् ।
त्यसैगरी शुक्रबार कार्यक्रम‘फक्स एण्ड फ्रेन्ड्स’ मा अचानक सहभागी भएपछि कार्यक्रमको अन्त्यमा उनी संचारकर्मीहरुबाट घेरिएका थिए । वास्तवमा ट्रम्पले सिंगापुरबाट फर्किदै गर्दा नै अब विश्वका सबै मानिसहरु चिन्तामुक्त भएर सुत्न सक्ने ट्वीट गरि आफूलाई हिरोलाई जसरी भव्य स्वागत गरिने अपेक्षा गरेका थिए । तर बैठक सकिएको थुप्रै दिनपछि मात्र संचारकर्मीहरुले उनीसँग अन्र्तक्रिया गरेका हुन् ।


