Breaking News.... EverestOnlineKhabar
August 17, 2026

ईद सकिए लगत्तै तालिवानले थाल्यो आक्रमण….

Loading

कावुल,असार ।
अफगानिस्तान सरकारले गरेको युद्धबिरामको प्रयास असफल भएको छ । तालिवानले युद्ध विराम समाप्त भएको घोषणा गर्दै सरकारी सुरक्षाकर्मीहरुमाथि आक्रमण सुरु गरेको छ । ईदको अवसरमा घोषणा गरिएको युद्धविरामलाई अफगान राष्ट्रपति असरफ गनीले थप बढाउन तालिवानलाई अपिल गरेका थिए । तर, तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आइतबार रातिदेखि युद्धविराम समाप्त भएको र सरकारी सुरक्षाकर्मीविरुद्ध लडाइँ सुरु भएको घोषणा गरेका छन् ।
सरकार र तालिवान दुवै पक्षले ईदको अवसरमा घोषणा गरेको तीन दिनको युद्धविराम २० जुनमा समाप्त हुँदै थियो । ईदमा तालिवान लडाकु र सरकारी सुरक्षाकर्मीहरुले संयुक्तरुपमा शुभकामना साटासाट गरेर मनाएका थिए । अफगान सुरक्षाकर्मी र तालिवान विद्रोहीले एकअर्कालाई अंगालो हाल्दै शुभकामना आदान प्रदान गरेको दृष्य साच्चिकै दुर्लभ थियो ।
यसलाई सकारात्मक भन्दै राष्ट्रपति गनीले युद्धविरामको अवधि थप १० दिन बढाएको घोषणा गरेका थिए । उनले तालिवानलाई पनि युद्धविराम लम्बाउन अपिल गरेका थिए ।तर,तालिवानले भने युद्धविरामको अवधि लम्बाउने कुनै मनसाय नभएको र सोमबार बिहानै सरकार नियन्त्रित क्षेत्र तोडिने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.