Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

काठमाडौ,असार ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पत्नी सीताको उपचार गर्न सिंगापुर गएका छन् । प्रधानमन्त्री केपीशर्मा ओली चीन भ्रमणमा जानुअघि नेकपा अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान गरेका हुन् । प्रचण्ड, उनकी पत्नी सीता र छोरी गंगा दाहाल सिंगापुर प्रस्थान गरेका हुन् ।
प्रचण्ड श्रीमती सीता दाहालको उपचारको लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कक्षभित्र प्रचण्ड पत्नी सीता दाहाल सोफामा सुतिरहेको तस्वीर सार्वजनिक भएको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले फेसबुकमा फोटो शेयर गर्दै ‘शुभयात्रा’ लेखेका छन् ।
सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् । छोरा प्रकाशको असामयिक निधनपछि उनलाई रोगले झन् च्याप्ने गरेको पारिवारिक स्रोत बताउँछ । यसअघि उनलाई छोरी रेणु दाहालले उपचार गर्न नयाँदिल्ली लगेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.