Breaking News.... EverestOnlineKhabar
July 9, 2026

समूह चरणकै रोमाञ्चक भिडन्तःस्पेन र पोर्चुगल भिड्दै

Loading

एजेन्सी,असार ।
२०१८ को फिफा विश्वकप अन्तर्गत समूह ‘बी’ मा स्पेन र पोर्चुगलबीच हुने खेल समूह चरणकै रोमाञ्चक छ । दुवै टिमको लक्ष्य उपाधि भएकाले खेललाई महत्वका साथ लिइएको छ। सन् २०१० को विश्वकपको अन्तिम १६ मा स्पेन र पोर्चगलबीच प्रतिस्पर्धा भएको थियो । तनावपूर्ण खेलमा स्पेनले पोर्चुगललाई १–० ले हराएको थियो। सो खेलपछि दुई टिमबीच ठूला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।
दुई टिमबीच अहिलेसम्म ३५ पटक प्रतिस्पर्ध भएको छ। जसमा स्पेनले १६ खेलमा जित हात पारेको छ भने पोर्चुगल ६ खेलमा विजयी भएको छ। स्पेनिस टिमलाई सन्तुलित टिम मानिएको छ। युवा र अनुभवी खेलाडीको समिश्रण भएकाले स्पेन मानसिक रुपमा बलियो छ। तर विश्वकपअघि प्रशिक्षक बर्खास्तमा परेपछि टिममा प्रभाव पर्नेछ।
यता युरोपियन च्याम्पियन पोर्चुगलमा प्रतिभाशाली युवा खेलाडी छन्। अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डोको प्रेरणामा टिमले उत्कृष्ट खेल्ने अपेक्षा गर्न सकिन्छ। पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले स्पनेलाई बलियो टिम बताएका छन्। तरपनि उनले समूह चरणमा उत्कृष्ट खेलेर पोर्चुगिज टिम अघि बढ्न तयार भएको बताए।
युरो २०१६ को विजेतासँग पहिलो खेल खेल्दा स्पेनलाई सहज नहुने स्पेनिस टिम विश्लेषकको भनाइ छ। तर ‍पछिल्ला २० खेलमा अपराजित स्पेन उच्च मनोबलमा छ। प्रशिक्षक जुलेन लोपेटेगुइ विश्वकप सुरु हुनु भन्दा एक दिन अघि बर्खास्तमा परेकाले टिममा प्रभाव पर्नेछ। उनको स्थानमा फर्नान्डो हिइरोले स्पेनिस टिम सम्हाल्नेछन्।
सम्भावित टिम
पोर्चुगल
गोलकिपर– रुइ प्याट्रिसिओ
डिफेन्डर – राफायल गुइरेइरो, जोस फोन्टे, पेपे, सेड्रिक
मिडफिल्डर – जोएओ माउटिन्हो, विलियम, बेर्नान्डो सिल्भा
फरवार्ड– क्रिस्टियानो रोनाल्डो, गोल्कालो गुइडेस
स्पेन
प्रशिक्षक– डेभिड डे गिआ
डिफेन्डर– जोर्डि अल्बा,सर्जिओ रामोस,जेरार्ड पिके,नाचो
मिडफिल्डर– सर्जिओ बुस्केट,थियागो अल्काटारा,आन्द्रेस इनिस्टा इस्को ,डेभिड सिल्भा
फरवार्ड – डिएगो कोस्टा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.