Breaking News.... EverestOnlineKhabar
July 9, 2026

बलिउड चलचित्र‘जिरो’ को नयाँ टिजर सार्वजनिकःशाहरुख र सलमानको कमेडी

Loading

मुम्बई,असार ।
बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म‘जिरो’ को नयाँ टिजर सार्वजनिक भएको छ। टिजरमा अर्का सुपरस्टार सलमान खान पनि देखिएका छन्। इद पर्वको अवसरमा शुभकामना स्वरुप शाहरुखले फिल्मको टिजर सार्वजनिक गरेका हुन्। करिब १ मिनेट २१ सेकेन्ड लामो टिजरमा सलमान र शाहरुखको कमेडी दृश्य र रोमान्टिक नृत्य देख्न सकिन्छ।
फिल्ममा शाहरुख होचाको भूमिकामा देखिएका छन्। उनीसँगै अभिनेत्रीहरु कट्रिना कैफ र अनुष्का शर्मा पनि मुख्य भूमिकामा देखिनेछन्। सलमान भने एक गीतमा मात्र देखिनेछन्। आनन्द एल रायको निर्देशनमा बनेको फिल्म २१ डिसेम्बरमा प्रदर्शनमा आउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.