Breaking News.... EverestOnlineKhabar
July 8, 2026

‘युटिलिटी पेमेन्ट सर्भिस’सहित मोबाइल मनी प्रविधि सुरु हुँदै

Loading

काठमाडौं । नेपाल टेकिलमले ‘युटिलिटी पेमेन्ट सर्भिस’सहित मोबाइल मनी प्रविधि प्रयोग थाल्न गृहकार्य अघि बढाएको छ । टेलिकमले राष्ट्र बैंकले ल्याएको नियमअनुसार सेवा सुरु गर्ने योजनाकासाथ छलफल अघि बढएको हो ।

राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (पेमेन्ट सर्भिस प्रोभाइडर)का रुपमा दूरसञ्चार कम्पनीहरुले काम गर्न सक्ने व्यवस्था गरिसकेको छ । मोबाइल वालेट, डिजिटल वालेट वा ई वालेट नामबाट भुक्तानी दिन सक्ने कानुनी व्यवस्था छ ।

वर्तमान व्यवस्थाअनुसार कम्पनीको एजेन्ट र सब एजेन्टमार्फत् वालेटमा दैनिक १५ सयदेखि मासिक २५ हजार रुपैयाँसम्म ग्राहकको नगद जम्मा गर्न सक्छन् । विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरिएका सरकारी कार्यालयहरुका लागि पनि त्यस्ता कम्पनीले सेवा दिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

टेकिकमले सहायक कम्पनी खोलेर वा बैंकसँगको सहकार्यमा मोबाइल बैंकिङ शुरु गर्ने दुई विकल्पमाथि छलफल गरिरहेको छ ।

दूरसञ्चार सेवाले दिने यस्तो सेवाले युरोपको बैंक क्षेत्रमा नै ठूलो हलचल ल्याएको छ । यसका कारण युरोपमा मात्रै ३ वर्षमा झण्डै २ हजार बैंक शाखा बन्द गर्नुपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.