Breaking News.... EverestOnlineKhabar
July 8, 2026

Loading

बीबीसी । दक्षिण र उत्तर कोरियाबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार दुबै देशका सैनिक जर्नेल स्तरमा वार्ता सुरु भएको छ। स्थानीय सञ्चारमाध्यामहरुले बिहीबार बिहानबाट उक्त वार्ता सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन्।

स्थानीय समयाअनुसार बिहीबार १० बजे दुई कोरियाका सैनिक जर्नेल वार्ताका लागि उक्त गाउँमा पुगेका थिए। यी दुई देशका उच्च सैनिक अधिकारीबीच गएको दश वर्षमै यो पहिलो पटक यसरी वार्ता भएको बताइएको छ।

यसअघि सन् २००७ को सुरुमा दुई कोरियाका उच्च सैन्य अधिकारीहरुबीच वार्ता भएको बताइएको थियो। पाँच सदस्यीय दक्षिण कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर मेजर जनरल किम डो ग्युन बिहीबार बिहान उक्त गाउँमा पुगेका हुन्।

त्यसैगरी उत्तर कोरियाको तर्फबाट पनि जनरल आन लक सनले नेतृत्व गरेका छन्।उनीहरुबीच दुई कोरियाको बीचमा सैनिक तहमा समस्या समाधानका लागि यो बैठकको आह्वान गरिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत मङ्गलबार सिङ्गापुरमा भएको अभूतपूर्व शिखर वार्तापछि दुई कोरियाबीच पनि सम्बन्धमा सुधार आएको छ।

उक्त शिखर वार्तामा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक गृहकार्य गरिने र निशस्त्रीकरणका लागि प्रक्रिया थालिने भनेर उत्तर कोरियाली नेताले प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.