![]()
एजेन्सी। भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ ।
श्रीनगर शहरबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको बान्दिपोरा जिल्लाको पाना जङ्गलमा दोहोरो गोली हानाहान भएको सरकारी स्रोतले जानकारी दिएको छ ।
सो इलाकामा आतङ्ककारीहरुको खोजी कार्य जारी भइरहेको थियो । उक्त क्षेत्रमा विगत लामो समयदेखि उनीहरुले आतङ्क मच्चाइरहेका छन् । गत आइतबार पनि कुप्वाला जिल्लाको तल्लो इलाकामा भारतीय सेनाको कारबाहीमा परी कम्तीमा छ आतङ्ककारी मारिएका थिए ।


