![]()
एजेन्सी । ब्राजिलले चार वर्षअघिको बिर्सन लायक हारबाट धेरै कुरा सिकेको मिडफिल्डर पाउलिन्होले बताएका छन् । चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकपमा ब्राजिल सेमिफाइनलमा निकै खराब हारसहित बाहिरिएको थियो ।
क्वाटरफाइनलको क्रममा स्टार खेलाडी नेइमार चोटका कारण मैदान बाहिर भएपछि सेमिफाइनलमा ब्राजिल जर्मनीसँग ७–१ ले पराजित भएर बाहिरियो । २९ वर्षको पाउलिन्हो चार वर्षअघिको विश्वकपको टिममा रहेका र यो विश्वकपका लागि पनि छानिएका केही खेलाडी मध्ये एक हुन् ।
चार वर्षअघिको विश्वकप भन्दा अहिले धेरै अवस्था फेरिएको र आफूहरुले धेरै सिकेको उनले बताएका छन् । रुस विश्वकपका लागि पाँच पटकको विश्व विजेता ब्राजिल समूह ई मा छ ।
यो समूहमा स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्बिया छन् । पहिलो खेलमा ब्राजिलले आउँदो आइतबार स्वीट्जरल्याण्डसँग खेल्नेछ । यस्तै उसले त्यसको पाँच दिनपछि कोस्टारिका तथा २७ जुनमा खेल्नेछ ।


