![]()
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउन ३ हजार ५ सय ७२ सदस्यीय मूल समारोह समिति गठन भएको छ । समितिमार्फत एक सातासम्म भव्यताका साथ जन्मोत्सव मनाइनेछ ।
असार २३ गतेको पूर्वराजा शाहको जन्मोत्सव परेको छ । पूर्वराजसभा स्थायी समितिका सदस्य यज्ञप्रसाद आचार्यको अध्यक्षतामा गठित समितिले असार २१ देखि २७ गतेसम्म देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गर्नेछ ।
व्यवस्थापन समितिमा ३ सय ६८ जना राखिएको छ । सहअध्यक्षमा गीता क्षेत्री राणा, डा.मञ्जुरत्न शाक्य, श्रीमती भेषराज्यलक्ष्मी सिंह, किशोरी महतो, इन्दिरा मल्ल, ज्योत्सना राज्यलक्ष्मी थापा र सइन्द्रबहादुर ठकुरी रहेका छन् ।
उपाध्यक्षमा जगदीश खड्का, प्रकाश चित्रकार, टंकनारायण राजवंशी, द्वारिकामानसिंह प्रधान, रिना तुलाचन, जमुना शेरचन, ऋषिबाबु परियार, सइन्द्र बान्तावा, परशुराम तामाङ, रामकृष्ण पन्त, प्रा.डा. उषा ठाकुर, राजाराम श्रेष्ठ, कान्छा गुरुङ, यङकेशरी पाण्डे, शेष चाँदतारा, अधिवक्ता विष्णु भट्टराई, विष्णुप्रसाद शर्मा, अनिल बस्नेत, ध्रुव महर्जन, शुभद्रा विश्वकर्मा, मीरा राणा, इन्द्रबहादुर शाक्य, रेवती कार्की, रामु राई, धनेन्द्र बस्नेत, मणिराज तामाङ, टंकबहादुर श्रेष्ठ, सलिम खान गौस, दहिन्द्रबहादुर ठकुरी, सदयशमशेर जबरा, केशव भण्डारी, शङ्कर पौडेल, प्रदीपविक्रम राण, प्रा.डा. सुष्मा आचार्य, प्रा.डा. अवधेशकुमार ठाकुर, माइला तामाङ, केशव भण्डारी, इन्द्रकुमार चाम्लिङ, शंकर पौडेल र विक्रमबहादुर बम रहेका छन् ।
महासचिवमा राधेश्याम थापा र सहसचिवमा केशरी श्रेष्ठ, पद्मा ताम्राकार, अशोकमान वैद्य, सुदर्शन भट्टराई, विसन्तर शाक्य, मीरा रञ्जित र प्रकाश महर्जन रहेका छन् ।
पूर्वराजाको जन्मोत्सवमा विभिन्न मन्दिरमा पूजाआजा तथा अन्य सामाजिक कार्यक्रम गरिनेछ । साथै जन्मोत्सवका दिन विभिन्न मन्दिरको प्रसाद ग्रहणका लागि पूर्वराजा समक्ष पुऱ्याइनेछ ।


