![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको सन्देश दक्षिण एशियाली मुलुकमा गएको बताउँदै यो मत र सन्देश जोगाएर राख्नु नै नेपाल कम्युनिष्ट पार्टीको प्रमुख कार्यभार रहेको बताउनुभएको छ ।
‘नेपाल कम्युनिष्ट पार्टीको प्रमुख कार्यभार भनेकै पार्टी एकतापछि विश्वमा गएको सन्देशलाई बचाई राख्नु हो’ उपप्रधानमन्त्रि पोखरेलको भनाइ थियो ।
सुनसरीको इटहरीमा नेपाल कम्युनिष्ट पार्टी सुनसरीले आयोजना गरेको पार्टी प्रशिक्षण एवं भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले ‘नेपाली जनताको भाग्य र भविष्य सुन्दर बनाउँदै जाने प्रमुख उद्देश्यका साथ नेपालका भावना मिल्ने सम्पूर्ण कम्युनिष्टबीच एकता कायम हुने क्रम तीव्र बनिरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले अहिलेको सरकारको पहिलो प्राथमिकता नै भ्रष्टाचाररहित सुशासन स्थापित गर्दै समृद्ध नेपाल र खुशी नेपाली समाज निर्माण गर्नुभएको समेत बताउनुभयो ।
उहाँले यदि कसैले पार्टीको टोपी वा खोल ओढेर जनविरोधी भ्रष्टाचारको काम गर्न वा गराउन प्रेरित वा उक्साउने कार्य गर्छ भने त्यो आफैँ नाश भएर जाने समेत बताउनुभयो ।
नेता पोखरेलले पार्टीभित्र नमिलेका केही कुरा छन् भने त्यो सचिवालयले मिलाउने दाबी गर्दै भरसक नमिलेमा तल्लो तहदेखि नै मिलाउँदै जाने विषयलाई कम्युनिष्टहरु आफैँले मिलाउँदै जान सक्नुपर्नेमा जोड दिनुभयो ।


