Breaking News.... EverestOnlineKhabar
July 8, 2026

Loading

काठमाडौं । चार ओटा नेपाली च्यानलमा फिफा विश्व कप म्याच प्रत्यक्ष प्रसारण हुँदैछ । मिडिया कारोबार एजेन्सी मिडिया हबको साझेदारीमा फुटबलको प्रत्यक्ष प्रसारण हुन लागेको हो ।

नेपाल टेलिभिजन, कान्तिपुर एचडी, डिसहोम एक्सन स्पोर्टस् र एनटीभी प्लसमा विश्वकपका खेलको प्रत्यक्ष प्रसारण हुँदैछ ।
मिडिया हबले यो सुबिधा “राम्रो नै हेरौ, हाम्रो मै हेरौ” भन्ने नाराको साथ प्रदान गरेको जनाएको छ ।

नेपालको सबैभन्दा पुरानो तथा ठूलो मिडिया कारोबार एजेन्सी मिडिया हब फिफा विश्वकप २०१८ को नेपालका लागि एक मात्र आधिकारीक टेलिभिजन प्रशारण साझेदार हो ।

नेपालमा आधिकारीक इजाजत प्राप्त मिडिया हबले सधैं फिफा विश्वकपलाई नेपाली च्यानलमा ल्याउन योगदान दिँदै आएको छ । यो वर्षको विशेषता भने कान्तिपुर एचडी र डिसहोम एक्सन स्पोर्टस्मा एचडी क्वालिटिको प्रसारण हुने मिडिया हबको दावी छ ।

लामो समय देखि फिफा विश्वकपको नेपालमा आधिकारीक इजाजत प्राप्त संस्था बन्न सकेकोमा खुशी व्यक्त गर्दै मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले विदेशी च्यानलमा विश्वकप हेर्न निर्भर हुनुपर्ने समय अब अन्त्य भएको बताए । यसले नेपाली च्यानलहरुमा मात्र सीमित दर्शकलाई पनि सुविधा दिने उनको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.