Breaking News.... EverestOnlineKhabar
August 17, 2026

प्रदेश १ को नीति कार्यक्रम पारित, कांग्रेसको मतदान बिपक्षमा

Loading

विराटनगर । प्रदेश १ को आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी, राप्रपा, संघीय समाजवादी फोरमले समर्थन गरे ।

नेपाली कांग्रेसले भने विपक्षमा मतदान गरेको छ । बैठकमा बोल्दै प्रतिपक्षी कांग्रेसका सांसदले नीति कार्यक्रम महत्वकांक्षी रहेको, धेरै कुरा छुटेको भन्दै कार्यान्वयनप्रति आशंका जनाएका थिए । सरकारले जेठ २८ मा पर्यटन, उर्जा, कृषि, उद्योग, सामाजिक क्षेत्र र भौतिक पूर्वाधार बिकासमा जोड दिदै नीति तथा कार्यक्रम ल्याएको थियो ।

दुई दिनसम्म चलेको नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्षका २९, कांग्रेसका ४ र अन्य पार्टीका ४ सांसदले भाग लिएका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिदै मुख्यमन्त्री शेरधन राईले सरकारले तयार पारेको नीति तथा कार्यक्रममा सबै क्षेत्रलाई समेट्नु पर्ने भएकाले लामो हुन पुगेको बताएका थिए । उनले सन्तुलनसहितको विकासमुखी योजनालाई नीति तथा कार्यक्रममार्फत प्रारम्भ गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.