![]()
पोखरा ।पोखरा लेखनाथ महानगरपालिका १५ रामबजारमा बावुले आफ्नै छोराको चक्कुले घाँटी रेटेर हत्या गरेका छन्। मकवानपुर स्थाई घर भई हाल पोखरा रामवजार कालिका मार्ग बस्ने वर्ष ४० का रामजी घलेले आफ्नो ११ वर्षका छोराको चक्कुले घाँटी रेटेर हत्या गरेका हु न्।
घलेले तरकारी काट्ने चक्कुले छोरा ज्ञापन घलेको घाँटी काटेर हत्या गरेपछि श्रीमति सुमित्रा ठकुरी र आफ्नो पनि घाँटी रेटेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ। गर्भवती अवस्थामा रहेकी सुमित्राको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अप्रेशन गरेर मृत वच्चा निकालिएको प्रहरीले जनाएको छ। उनको घाँटीको अघिल्लो भागमा काटिएको छ। गम्भीर अवस्थामा रहेका घलेको पनि मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको प्रहरीले अनुसन्धान गरिहेको र घटनामा बाहिरी व्यक्तिको संलग्नता नभएको बताए।


