![]()
काठमाडौं । सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारी निर्णयको बिरोधमा रिट दर्ता गर्न अस्वीकार गरेको छ । जन्म कैदको सजाय काटिरहेका ढुंगेललाई सरकारले आममाफी दिएपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रीट दायर गर्न खोजेका थिए ।
भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाई दायर गरेको रिट सर्वोच्च अदालतका सह रजिष्ट्रार नारायण पन्थीले दरपीठ गरेका हुन ।
पन्थीले जारी गरेको दरपीठ आदेशमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठिले ढुंगेललाई आममाफी दिने तयारी रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधिन अवस्थामा रहेकाले अवेहेलनाको रिट दर्ता गर्न नमिल्ने उल्लेख गरिएको छ।
भण्डारीले अवहेलना सम्बन्धि रिटमा सर्वोच्च अदालतको पटक पटक गरेको फैसला र आदेश विपरीत सरकारले ढुंगेललाई आममाफी दिने निर्णय गरेको भन्दै प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा कारबाही हुनु पर्ने माग गरेका थिए।


