Breaking News.... EverestOnlineKhabar
October 3, 2026

अनामनगरस्थित बाजेको सेकुवामा प्रहरीको छापा : सुन तस्करीमा संलग्नता भएको आशंका

Loading

काठमाडौं । प्रहरीले सुन तस्करीमा संलग्न भएको आशंकामा अनामनगरस्थित बाजेको सेकुवा पसलमा छापा मारेको छ । ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्याको घटनाको छानबिनको क्रममा गृहमन्त्रालयको छानबिन टोलीले अनामनगरस्थित बाजेको सेकुवामा छापा मारेको हो ।

रेस्टुरेन्ट सञ्चालक चेतन भण्डारीको पनि सुन तस्करीमा संलग्न रहेको प्रहरीको आशंका छन । सञ्चालक भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरिसकेको छ। सुन तस्करी काण्डमा भण्डारी फरार प्रतिवादी हुन्।

भण्डारी तस्करी गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’का आफन्त हुन्। भण्डारी उप्रेतीका भान्जा नाता पर्छन्।

बाजेको सेकुवा नाममा भण्डारीको स्वामित्व रहेका ५ वटा र उनका सालो सञ्चालक रहेको एउटा गरी ६ वटा होटलमाअनुसन्धान समितिले कारोबार रोक्का गर्दै शिलबन्दी गरेको छ। उपत्यकामा बाजेको सेकुवा नामका १० वटा होटल सञ्चालनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed