Breaking News.... EverestOnlineKhabar
August 18, 2026

सभामुख र उपसभामुख एउटै दलको भएको बिषयमा संसदमा चर्काचर्की

Loading

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सभामुख र उपसभामुख एउटै दलको भएकाले एकजनाले राजीनामा दिनुपर्ने बिषय कांग्रेसले उठाएपछि चर्काचर्की भएको छ ।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि त्यो लागु नभएको भन्दै कांग्रेसले लगातार आवाज उठाएपछि सत्तारुढ सांसदहरुले त्यसको कडा प्रतिवाद गरेका छन ।

तत्कालीन माओवादी केन्द्रबाट सभामुख कृष्णबहादुर महरा र एमालेबाट उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे भएपनि दुई दल एकीकरण भएर नेकपा बनिसेको अवस्थामा दुईमध्ये एक पद छाड्न कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले माग गरे ।

संविधानको धारा ९१ (२) अनुसार सभामुख र उपसभामुख फरक दलको हुुनुपर्ने प्रावधानको कार्यान्वयन हुनुपर्ने खाँडाको जिकिर थियो । खाँडले संसदको विशेष समयमा भने, ‘सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानको प्रावधान कार्यान्वयन होस् । एउटै दलले दुवै पद लिन पाउँदैनन् ।’

तर, नेकपाका सांसद खगराज अधिकारीले भने सभामुख महरा र उपसभामुख तुम्बाहाम्फेले दलबाट राजीनामा दिइसकेकाले राजीनामा दिनु नपर्ने जिकिर गरे । उनले दुवैजनाको हैसियत स्वतन्त्र भएकाले संविधानको व्यवस्थाको प्रतिकुल नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.