Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

एजेन्सी । फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा) ले आगामी विश्वकपमा दिइने पुरस्कार राशी चालिस करोड अमेरिकी डलर अर्थात ४३ अर्ब भन्दा बढी नेपाली रूपैयाँ रहेको छ। यो सन् २०१४ को ब्राजिल विश्वकपको तुलनामा १२ प्रतिशतले बढी हो।

ब्राजिलमा भएको विश्वकपमा ३५८ मिलियन अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले ३५ मिलियन अमेरिकी डलर पाएको थियो। यो पटक विजेताले ३८ मिलियन अमेरिकी डलर अर्थात ४ अर्ब भन्दा बढी नेपाली रकम पाउनेछन्।

त्यसैगरी उप–विजेताले २८ मिलियन डलर पाउनेछन्। यसअघि ब्राजिल विश्वकपको उपविजेता अर्जेन्टिनाले २५ मिलियन अमेरिकी डलर पाएको थियो।

यस्तै तेस्रो हुनेले २४ मिलियन अमेरिकी डलर तथा चौथो हुनेले २२ मिलियन अमेरिकी डलर पाउने छन्। यस्तै क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६-१६ मिलियन डलरका दरले पुरस्कार पाउनेछन्। प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिमले १२-१२ मिलियन अमेरिकी डलरका दरले पाउनेछन् भने यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८-८ मिलियन पाउनेछ्न।

आयोजक रसियासहित ३२ राष्ट्रले आगामी जेठ ३१ गतेदेखि असार ३० सम्म प्रतिस्पर्धामा उत्रनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.