![]()
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री बुधावर भारत जाँदै हुनुहुन्छ । भारतका सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणामा प्रधानसेनापति क्षत्री त्यसतर्फ जान लाग्नु भएको हो ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार उहाँको भ्रमण ६ दिनका लागि हुनेछ । भ्रमणका क्रममा प्रधानसेनापति क्षेत्रीले देहरादुनस्थित भारतीय सेनाको ‘इण्डियन मिलिटरी एकाडेमी’मा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको मुख्य अतिथिको रुपमा निरीक्षण गर्नुहुनेछ ।
प्रधानसेनापति क्षेत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।
क्षेत्री जेठ २८ गते स्वदेश फर्किने कार्यक्रम छ ।


