Breaking News.... EverestOnlineKhabar
October 2, 2026

यूराेपियन यूनियन टुक्र्याउन खाेजेकाे छैन : राष्ट्रपति पुटिन

Loading

बीबीसी ।  रूसले युराेपियन युनियन  टुक्र्याउने  कुनै पनि प्रयास नगरेकाे  रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले  बताएका छन् ।अष्ट्रिया भ्रमणका क्रममा उनले युरोपियन युनियनसँगकाे सहयोग अभिवृद्धि गर्नुपर्ने भन्दै ईयूको कुनै पनि र कसैलाई पनि विभाजित गर्ने लक्ष्य नरहेको स्पष्ट पारे।

पुटिनले संयुक्त र समृद्ध युरोपियन युनियन चाहेको बताए । उनले ईयूका लागि रुस सबैभन्दा महत्वपूर्ण व्यापारिक र आर्थिक साझेदार भएको समेत उल्लेख गरे ।रुसले सन् २०१४ मा युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफूमा विलय गराएपछि ईयूले रुस विरुद्ध प्रतिबन्ध लगाएको छ ।

युक्रेन, सिरिया युद्ध, पूर्व रुसी जासुसलाई वेलायतमा विष आक्रमण गरेको लगायतका मुद्धाका कारण रुस र ईयूको सम्बन्ध चिसिएका बेला रुसी राष्ट्रपति अष्ट्रिया भ्रमणमा निस्किएका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed