Breaking News.... EverestOnlineKhabar
August 17, 2026

पूर्व प्रधानमन्त्री खनालको नेतृत्वमा डल्लु आवास क्षेत्रमा बृक्षारोपण, स्थानीयवासीको उत्साहजनक सहभागिता

Loading

काठमाडौ । पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा डल्लु आवास क्षेत्रमा बृक्षारोपण गरिएको छ । बिश्व वातावरण दिवसको अवसरमा कामपा १५ वडा कार्यालय तथा डल्लु आवास स्थानीय सहयोग समितिको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो ।

पूर्व प्रधानमन्त्री खनालले बृक्षारोपण अभियानलाई शुभारम्भ गर्नुभएको थियपो । प्रत्येक घरमा एक बिरुवा हुनै पर्ने अभियानमा काठमाडौं क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठ, कामपा १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोल, वडा सदस्यहरु कामपाका दिपक अधिकारी लगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता थियो ।

बृक्षारोपणका लागि डल्लु आवास क्षेत्रका अध्यक्ष राजा शाक्यले पहल लिनुभएको थियो । बृक्षारोपणमा सहभागि व्यक्तिहरुलाई पूर्व प्रधानमन्त्री खनालले बिरुवा हस्तान्तरण गर्नुभएको थियो । बृक्षारोपणका लागि स्थानीयवासीले बिरुवा उपलब्ध गराएका थिए ।
बृक्षारोपण कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.