Breaking News.... EverestOnlineKhabar
October 3, 2026

फ्रान्सेली पौडीबाज बेनको प्रशान्त महासागर पार गर्ने अभियान सुरु

Loading

एजेन्सी । फ्रान्सेली पौडीबाज बेन लेकोम्टले पौडेरै प्रशान्त महासागर पार गर्ने अभियान सुरु गरेका छन् । ५१ वर्षका फ्रान्सेली पौडीबाज लेकोम्टले पौडेर प्रशान्त महासागर तर्ने पहिलो व्यक्ति बन्ने अभियान सुरु गरेका हुन् ।

उनले त्यसका लागि ६ महिना भन्दा बढी दिनको ८ घण्टा पौडिने छन् । उनले यसको सुरुवात जापानबाट पौडी यात्रा सुरु गरेका छन् । उनी पौडेर अमेरिकाको पश्चिम तटीय क्षेत्र तर्फ लाग्ने छन् ।

उनको यो अभियानमा शार्क, आँधी, जेलीफिसुका झुण्ड तथा निकै कम तामक्रमको पानीसहितका चुनौती समना गर्नु पर्नेछ । उनले पौडेर ९ हजार किलोमिटर पार गर्ने योजना छ । यसक्रममा लेकोम्टले जलवायु परिवर्तनबारे जनचेतना फैलाउने छन् ।

यस्तै वैज्ञानिकको समूहले अनुसन्धान पनि गर्ने छन् । वैज्ञानिकको समूहले समुद्रमा रहेको प्लाष्टिक फोहोर, फुकुसिमा न्युक्लियर डिजास्टरको असर लगाएका विषयमा अनुसन्धान गर्नेछ ।

अमेरिकामा बस्दै आएका लेकोम्टले ६ वर्षभन्दा बढी समयको तयारी पछि यो यात्रा सुरु गरेका हुन् । उनले हरेक दिन घण्टौँसम्म खुला पानीमा प्राक्टिस गर्ने गरेका थिए ।

यो तयारीपछि मानसिक रुपमा आफू तयार भएको उनले बताएका छन् । उनले सन् १९९८ मा ट्रान्स एट्लान्टिक स्वीम गरेर ६ हजार ४ सय किलोमिटर पार गरेका थिए । उनले त्यो दूरी ७३ दिनमा पारे गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed