Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

एजेन्सी । विश्व नम्बर एक राफेएल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । जर्मनीका म्याक्सिमिलियन मार्टेरेरलाई हराउँदै नाडाल क्वाटरफाइनलमा पुगेका हुन् ।

पेरिसस्थित रोलान्ड गार्रोसमा भएको खेलमा नाडालले मार्टेरेरलाई ६–३, ६–२ र ७–६ (७ –४) ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका हुन् । डिफेन्डिङ च्याम्पियन नाडालले ७०औं बरियताका मार्टेरेरलाई सहजै पराजित गरेका हुन् ।

नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि १० पटक जितिसेका छन् । ३२ वर्षीय स्पेनिस खेलाडी नाडालले सन् २००५, २००६, २००७ र २००८ मा गरी चार पटक लगातार उपाधि जितेका थिए । त्यस्तै, २०१०, २०११, २०१२, २०१३, २०१४ र २०१७ को फ्रेन्च ओपन टेनिसको उपाधि जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.