![]()
एजेन्सी । पूर्व विश्व नम्बर एक नोभाक जोकोभिक फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्पेनका फर्नान्डो भेर्डेस्कोलाई पराजित गर्दै जोकोभिक क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
पेरिसस्थित रोलान्ड गार्रोसमा भएको प्रिक्वाटरफाइनलको खेलमा जोकोभिकले फर्नान्डोलाई ३–० को सेटमा पराजित गरेका हुन् । जोकोभिकले फर्नान्डोलाई ६–३, ६–४ र ६–२ ले पराजित गरेका हुन् । ३१ वर्षीय जोकोभिकले फर्नान्डोलाई सहजै पराजित गरे ।
जोकोभिकले अब सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा इटालीका मार्को सेचिनाटोसँग प्रतिस्पर्धा गर्नेछन् ।
जोकोभिकले सन् २०१६ पछि ग्राण्डस्लाम टेनिसको उपाधि जित्न सकेका छैनन् । जोकोभिकले पछिल्लो पटक सन् २०१६ को फ्रेन्च ओपन जितेका थिए ।


