![]()
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदीप ऐरीले शतक प्रहार गरेका छन् । लामो समयदेखि नेपाली राष्ट्रिय टिम बाहिर रहेका प्रदीपले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्दै श तक प्रहार गरेका हुन् ।
प्रदीपले ९३ बलमा शतक बनाए । उत्कृष्ट ब्याटिङ गरेका प्रदीपले १० चौका र ४ छक्का प्रहार गरेका छन् । नेपाली राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका प्रदीप पुनरागमन गर्ने दाउमा छन् ।
यस्तै, प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ओपनर सुवास खकुरेलले शतक प्रहार गरेका छन् । सुवासले प्रदेश नम्बर २ विरुद्ध शतक प्रहार गरेका हुन् । सुवासले १२५ बलमा शतक प्रहार गरेका हुन् । उनले ७ छक्का र २ चौका प्रहार गरे । चोटका कारण लामो समय राष्ट्रिय टिमबाहिर रहेका सुवास पुनरागमन गर्ने तयारीमा रहेका छन् ।


