Breaking News.... EverestOnlineKhabar
October 3, 2026

यस्ता छन भौतिक पूर्वाधार मन्त्री महासेठका विकासका योजना, मुग्लिन–नारायणगढ सडकखण्डमा १४ वटा पुल बन्ने

Loading

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आफना महत्वपूर्ण बिकासका योजनाबारे जानकारी गराउनु भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डललाई उहाँले आफना योजना सुनाउनु भएको हो ।

भेटमा मन्त्री महासेठले नेपालको राजधानी प्रवेश गर्ने प्रमुख राजमार्गको मुग्लिंग खण्डमा सर्बसाधारणले पाइरहेको दःुख पूर्ण रुपमा हट्ने बिश्वास दिलाउनुभयो । मुग्लिन–नारायणगढ खण्डमा १४ वटा पुलको लागि बजेट स्वीकृत भैसकेको जानकारी दिंदै मन्त्री महासेठले भन्नुभयो, “मैले यातायात र जनताको मर्का राम्रोसंग बुझेको हुनाले मुग्लिन खण्डमा २ बर्ष भित्रमा उक्त पुलको निर्माण सम्पन्न गरि जनताको सास्ती हटाउने कुरामा मेरो ध्यान केन्द्रित भएको छ ।”

साथै, मन्त्री महासेठले देशमा अब बिद्युतीय सवारी साधनको प्रचुर मात्रामा प्रबद्र्यन गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो । यतिले मात्र देश नबन्ने तर्क गर्दै मन्त्री महासेठले नागढुंगा नौबिसे सुरुंग मार्ग, उत्तरी नाका केरुंगसम्मको सडक स्तरोन्नति र त्रिपुरेश्वर माइतीघर आकाशे मार्ग अब छिटै सुरु गरिने जानकारी दिनुभयो ।

द्रुत मार्गलाई काठमाडौँको बाह्य चक्रपथसंग जोडेर राजधानीको भौतिक पूर्वाधारलाई व्यवस्थित र आधुनिक बनाइने कुरामा मन्त्री महासेठले जोड दिनुभयो ।

सो भेटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको ब्यापार घाटा कम गर्ने र वातावारणलाई स्वच्छ कायम गरिराख्ने एक मात्र भरपर्दो उपाय बिद्युतिय गाडीहरुको प्रबद्र्यन भएकोले नेपाल सरकारले देशलाई अब बिद्युतीय सवारी साधनतर्फ लैजानुपर्ने उल्लेख गर्नुभयो ।

देशको विकास र समृद्धीको लागि आधुनिक भौतिक पूर्वाधार अति आवश्येक हुने भन्दै अध्यक्ष श्रेष्ठले नागढुंगा नौबिसे खण्ड र मुग्लिंग नारायणगढ खण्डको यथाशीघ्र स्तरोन्नति गर्नुपर्ने कुरामा पनि जोड थियो । साथै, बीपी राजमार्गमा ठुला गाडीलाई संचालनको अनुमति दिने कुरा प्रशंशनिय रहेको र त्यसबाट आम जनता लाभान्वीत हुने कुरा उहाँले बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सको सो प्रतिनिधि मण्डलमा चेम्बरका उपाध्यक्ष कमलेश कुमार अग्रवाल र अर्का उपाध्यक्ष दिपक कुमार मलहोत्राको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed