Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नेकपा र फोरमबीच पार्टी एकताको लागि अनौपचारिक छलफल सुरु

Loading

काठमाडौ,जेठ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि अनौपचारिक छलफल सुरु भएको छ । नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै पार्टी एकताका लागि अनौपचारिक छलफल सुरु भएको हो ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार नेकपा र फोरम नेपालबीच पार्टी एकताका लागि छलफल भए पनि त्यसले औपचारिकता पाउन सकेको छैन । शीर्ष नेताहरूबीच पार्टी एकताका लागि छलफल भए पनि औपचारिक बैठकमै एजेन्डाका रूपमा नआएको स्रोतको दाबी छ ।
उता, नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले फोरम नेपाल सरकारमा सहभागी भएसँगै पार्टी एकताको विषयमा अनौपचारिक छलफल भएको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.