Breaking News.... EverestOnlineKhabar
August 16, 2026

ग्वाटेमालामा ज्वालामुखी विस्फोटः७ को मृत्यु, झण्डै ३ सय घाइते

Loading

एजेन्सी,जेठ ।
ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । ज्वालामुखी विस्फोटमा परी झण्डै ३ सय जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा ज्वालामुखी विस्फोट भएको र आकाशमा धूलो–धुँवा तथा खरानी देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
ग्वाटेमालाको राष्ट्रिय प्रकोप नियन्त्रण एजेन्सी (एनएपीए)लाई उद्धृत गर्दै बीबीसीले ज्वालामुखी विस्फोट हुँदा घरहरु नष्ट भएको र मानिसहरु जलेको जनाएको छ । आकाशमा फैलिएको धूलो–धुँवा तथा खरानीका कारण ला अरोरा विमानस्थल बन्द गरिएको छ भने दैनिक जनजीवन प्रभावित भएको छ । ग्वाटेमाला सरकारका अनुसार झण्डै १० लाख मानिस प्रभावित भएका छन् । सम्भावित जोखिमबाट जोगाउन मानिसहरूलार्इ सुरक्षित स्थानतर्फ सारिएको छ भने मास्क लगाउन तथा सतकर्ता अपनाउन अपिल गरिएको छ ।
ग्वाटेमालाका राष्ट्रपति जिम्मी मोरालिजले आपतकालीन उद्धार तथा खोज कार्य शुरु गरिएको जनाएका छन् । ग्वाटेमालामा यसअघि पनि ज्वालाखुमी विस्फोटका घटना हुँदै आएका थिए । तर यो भने सन् १९७४ यताकै ठूलो भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.